दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको शेयरमा सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको शेयरमा सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबार दिनमा दोहोरो अंकले ओरालो लागेको छ । आइतबार नेप्से ३१.९७ अंकले घटेर १८८५.३१ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.२८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.७२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्समा २.०९ अंकले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएका २५३ कम्पनीको ३५ लाख १२ हजार कित्ता शेयर एक अर्ब १० करोड ३४ लाख ४ हजार रुपैंयामा कारोबार भएको छ । गत शुक्रबारको तुलनामा आज कारोबार रकममा गिरावट आएको छ । शुक्रबार एक अर्ब ६५ करोड ४६ लाख रुपैंया बराबरको शेयर खरिदबिक्री भएको थियो ।

आइतबार नेप्सेका १३ वटै उपसमूहका परिसूचक राताम्मे भएका छन् । बैकिङ समूहको ३०.८०, विकास बैंक ४७.९१, वित्त कम्पनी २०.९९, जलविद्युत २६.४७, जीवन बीमा७८.४४, उत्पादन तथा प्रशोधन ८२, माइक्रोफाइनान्स ५५.३४, निर्जीबन बीमा ९८.४०, अन्य समूहको२१.०८ र ट्रेडिङ समूहको उपसूचक २४.५९ अंकले घटेको छ ।

शेयर बजार दोहोरो अंकले घट्दा आज दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सीवाइसी लघुवित्तको १० प्रतिशत, समित लघुवित्तको ९.९९ प्रतिशतले बढेको छ । साथै मैलुङ खोला जलविद्युतको शेयर पनि आज ९.५० प्रतिशतले बढेर कारोबार भएको छ ।

नेप्सेका अनुसार आज नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशत घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको शेयरको भएको छ । यसको आज १० करोड ९३ लाख ६७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २५ मंसिर २०७९, आईतवार १५:३८