सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो, कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मूल्य प्रतितोला १ लाख नाघ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य २ सय रुपैयाँले बढेर १ लाख ५ सय रुपैयाँ कायम भएको हो।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य १ लाख रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको थियो ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको थियो । आइतबार १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : २५ मंसिर २०७९, आईतवार १२:१४