हिमालयन बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा सम्पन्न



काठमाडाै  २१ पुस । हिमालयन बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा आज सम्पन्न भयो । बैंक संचालक समितिका अध्यक्ष  मनोज बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाले शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद गरी कुल ३१.५७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ५ अर्व ८४ करोड ८८ लाख ८८ हजार ५०० पुग्नेछ । साथै २३ औं वार्षिक साधारण सभावाट पारित भए अनुरुप हाल जारी भइ बाँडफाँट प्रकृयामा रहेको हकप्रद शेयर जारी गरिसकेपछि तत्काल जारी तथा चुक्ता पूँजी रु. ६ अर्व ४९ करोड १६ लाख २३ हजार ५०० हुने समेत अध्यक्ष  श्रेष्ठले जानकारी गराए ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७२÷७३ को प्रतिवेदन प्रस्तुत गरे । सो अवसरमा उनले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी सभालाई दिए। अध्यक्ष श्री श्रेष्ठले २४ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष श्रेष्ठले बैंकले आ.व. २०७२÷७३ अन्त्य सम्म ८७ अर्व ३३ करोड निक्षेप संकलन र ६९ अर्व १० करोड कर्जा प्रवाह गरेको जानकारी गराउनुभयो जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १८.७६ र २४.६७ प्रतिशतले बढी हो । बैंकको विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पार्दै अध्यक्ष श्री श्रेष्ठले यो वर्ष ५ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने र विभिन्न स्थानमा थप ए.टी.एम. तथा पस टर्मिनलहरु विस्तार गर्ने बताउनुभयो । साथै अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताउनुभयो ।

प्रकाशित : २२ पुष २०७३, शुक्रबार ११:०६