सिद्धार्थ बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकको लाभांश घोषणा



काठमाडाैं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश गरि कुल १३.१६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले १२.५० प्रतिशतले हुन आउने बोनस शेयर बराबर १ अर्ब ५६ करोड ५५ लाख र कर प्रयोजनको लागि ०.६६ प्रतिशतले हुन आउने ८ करोड २३ लाख ९७ हजार रुपैयाँ गरि कुल १ अर्ब ६४ करोड ७९ लाख ५० हजार ८ सय ९९ रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रास्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रहेको छ ।

प्रकाशित : २४ मंसिर २०७९, शनिबार १८:२९