यस साता दोहोरो अंकले घटेको बजारमा कुन – कुन कम्पनीका सेयरधनीले कमाए, कसले गुमाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

यस साता दोहोरो अंकले घटेको बजारमा कुन – कुन कम्पनीका सेयरधनीले कमाए, कसले गुमाए ?



काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) दोहोरो अंकले घटेको छ । ४३.७९ अंकले घटेको बजारमा २४८ वटा कम्पनीहरुको ९० हजार ५०८ वटा कारोवार भएको हो ।

जसअनुसार एक करोड १७ लाख ४३ हजार ५४० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५ अर्ब ११ करोड २६ लाख ७३ हजार ५०६ रुपैंया बराबरको भएको छ ।

कारोबारको पहिलो दिन १९६१.०७ अंकमा खुलेको बजार साताको अन्तिम दिन २.२३ प्रतिशतले घटेर १९१७.२८ अंकमा बन्द भयो । त्यस्तै, यो हप्ता ४ दिन कारोबार भएको नेप्सेमा तीन दिन बजार घटेर अधिकांश सूचक राताम्मे भएका थिए भने एक दिन बजार सामान्य अंकले बढेको थियो । यो साता उच्च बिन्दु १९७३.५५ अंक बनाएको नेप्सेले हप्ताकै न्युन बिन्दु १९१६.१९ अंक बनाएको थियो ।

यो साता सबैभन्दा धेरै कमाउने टप ५ कम्पनीहरु

यस साता शिर्ष कमाउने कम्पनीहरुमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तिय संस्था रहेको छ । यसका सेयर लगानीकर्ताले सबैभन्दा बढी मुनाफा आर्जन गरेका छन् । जसको सेयरमुल्य १८.९७ प्रतिशतले बृद्धि भई प्रतिकित्ता ३५५ रुपैंया पुगेको छ।

त्यसैगरी दोस्रो स्थानमा खप्तड लघुवित्त वित्तिय संस्था रहेको छ । यसको सेयर १७.०४ प्रतिशतले बढेर प्रतिकित्ता ४४०.०५ रुपैंया पुगेको छ। साथै, कुमारी धनबृद्धि योजनाको सेयर ८.२० प्रतिशतले बढेको छ भने, अर्को कमाउने कम्पनीमा आरबीबी म्युचुअल फण्ड पनि रहेको छ । यो कम्पनीको यस हप्ता ७.०४ प्रतिशतले बृद्धि भएको छ । अन्तिममा यस साता कमाउने कम्पनीमा ग्रिन भेन्चर्स लिमिटेड रहेको छ भने यसको सेयरमुल्य ४.७७ प्रतिशतले बढेर बन्द भएको छ ।

यो साता सबैभन्दा धेरै घाटामा गएका टप ५ कम्पनीहरु

यो साता लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका कम्पनीहरुमा शिर्ष स्थानमा सानिमा बैंक रहेको छ । यसका सेयर लगानीकर्ताले यो साता सबैभन्दा बढी गुमाएका छन्। यसको सेयरमुल्य १३.९३ प्रतिशतले घटेर प्रतिकित्ता २३४.१ रुपैंयाले गिरावट आएको छ ।

त्यसैगरी दोस्रोमा सिटिजन्स् म्युचुअल फण्ड १ रहेको छ । यसका लगानीकर्ताले ९.८८ प्रतिशतले यो साता घाटा बेहोरेका छन् । तेस्रो स्थानमा नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था रहेको छ । यसको सेयरमुल्य ८.०६ प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै, अर्को सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । यसको सेयर ७.६८ प्रतिशतले घटेको छ । अन्तिममा यस साता घट्ने कम्पनीमा एनएमबी ५० रहेको छ । जसको सेयरमुल्य ७.६७ प्रतिशतले घटेर बन्द भएको छ ।

प्रकाशित : २३ मंसिर २०७९, शुक्रबार २१:२०