सीवाईसी नेपालको शेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

सीवाईसी नेपालको शेयर कारोबार फुकुवा



काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको सेयर कारोबार फुकुवा भएको छ । कम्पनीले मंसिर १९ गते कारोबार फुकुवा गर्न पत्र पठाएपछि नेप्सेले कम्पनीको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो ।

अब यसको कारोबार मंसिर २५ गते आइतबार देखि पुनः सुरु हुनेछ । सीवाईसी नेपाल र आँधिखोला लघुवित्त एक आपसमा मर्ज हुने सम्झौता भएसँगै नेप्सेमा यी दुई लघुवित्तको सेयर कारोबार रोक्का भएको थियो ।

हाल सीवाईसी लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८०० रुपैयाँ रहेको छ भने आँधिखोला लघुवित्तको ११ करोड ९० लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २३ मंसिर २०७९, शुक्रबार १५:५६