राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने भएको छ । केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय विवरण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न उक्त महाशाखा स्थापना गर्ने भएको हो ।

राष्ट्र बैंकले माघ १ गतेदेखि कार्यारम्भ गर्ने गरी अलग्गै विशिष्टिकृत संरचनाको रुपमा उक्त महाशाखा स्थापना गर्न लागेको जनाएको छ ।

प्रकाशित : २३ मंसिर २०७९, शुक्रबार १२:५९