शेयर बजारमा ४.८७ अंकले गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शेयर बजारमा ४.८७ अंकले गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ४.८७ अंक घटेर १९३३.८८ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.५६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स०.३५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.८६ अंकले गिरावट आएको छ । मंगलबार कारोबारमा आएका २२८ कम्पनीको २५ लाख ८१ हजार कित्ता शेयर ९६ करोड ५२ लाख १० हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

मंगलबार, शेयर बजारमा गिरावट आउँदा नेप्सेका १३ उपसमूहमध्ये जीबन बीमा ०.६७, माइक्रोफाइनान्स १२.४०, अन्य समूहको ८.२८ अंकले बढेको छ । त्यस्तै, बैकिङ समूहको ५.३१, विकास बैंक २३.८६, वित्त कम्पनी १.२२, जलविद्युत ८.७७,उत्पादन तथा प्रशोधन ३५.०३, निर्जीबन बीमा २७.०५ र ट्रेडिङ समूहको उपसूचक ६.९८ अंकले घटेको छ ।

मंगलबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३४८.१० रुपैयाँ पुगेको छ ।त्यस्तै, एनएमबि बैंकको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्ट कम्पनीको भएको छ । यसको आज ८ करोड १२ लाख ३४ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार १५:३६