निरन्तर बढेको सुनको मुल्यमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

निरन्तर बढेको सुनको मुल्यमा गिरावट



काठमाडौं । केहि दिनदेखि निरन्तर बढेको सुनको मुल्य मंगलबार भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मुल्य ९९ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार ११:०३