बढ्यो सुनको मुल्य, कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बढ्यो सुनको मुल्य, कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा केहि दिनदेखि सुनचाँदीको मु्ल्य निरन्तर उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ कायम भएको छ।

आइतबार पनि छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 5 December, 2022 11:35 am