सानिमा बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सानिमा बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । सानिमा बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले दिन लागेको १० प्रतिशत बोनस शेयरपछि शेयर मूल्य समायोजन भएको हो ।

आइतबार बन्द भएको कारोबारलाई आधार मान्दै नेपाल स्टक एक्सचेञ्जले सानिमा बैंकको नयाँ सेयर मूल्य २४७‍.१८ रुपैयाँ तोकिदिएको छ । बैंकको यसअघि सेयर मूल्य प्रतिकित्ता २७१‍‍‍‍.९० रुपैयाँ थियो ।

प्रकाशित : १८ मंसिर २०७९, आईतवार १६:५५