शेयर बजारमा झिनो अंकको सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

शेयर बजारमा झिनो अंकको सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)साताको कारोबारको पहिलो दिन आइतबार झिनो अंकले बढेको छ । आज नेप्से २.१६ अंकले बढेर एक हजार ९ सय ६३ दशमलव २२ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक बढेको छ।

आज शेयर बजारसंगै कारोबार रकममा पनि बृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ५६ करोड १७ लाख रुपैयाँ बराबरको करोबार भएको छ । कारोबार भएका २४३ कम्पनीहरुमध्ये ९७ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३२१.८० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.११ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज १९ करोड ८० लाख ६७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : १८ मंसिर २०७९, आईतवार १५:१८