नेपाली सेनामा १०० जना अधिकृत क्याडेटलाई जागिर खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाली सेनामा १०० जना अधिकृत क्याडेटलाई जागिर खुल्यो



काठमाडौं, २१ पुस । नेपाली सेनाले एकसय जना अधिकृत क्याडेटका लागि जागिर खुलाएको छ । सेनाले अाज सार्वजनिक सूचना प्रकाशित गर्दै खुल्ला तथा समावेशी गरेर एकसय जना अधिकृत क्याडेटका लागि दरखास्त आव्हान गरेको हो । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले दिएकाे जानकारीअनुसार ५५ जना खुल्ला, ९ जना महिला, १४ जना आदिबासी जनजाति, १३ जना मधेशी, ७ जना दलित, २ जना पिछडिएको क्षेत्र गरि एक सय जना अधिकृत क्याडेटका लागि दरखास्त आव्हान गरिएको हो ।

सेनाले पुस २१ गतेबाटै आवेदन खुल्ला गरेको हो ।  यसकाे लागि  माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर एक माघ २८ गतेसम्म आवेदन दिन सकिने वताएकाे छ । प्लस टु उतिर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् । पाँच फित ३ इञ्च उचाई भएका पुरुष र ५ फिट उचाई भएका महिलाले आवेदन दिन सक्नेछन् ।

प्रकाशित : २१ पुष २०७३, बिहीबार ०५:४७