बंगालीले नबिल बैंक छाड्ने प्रकृया शुरू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

Feature News

बंगालीले नबिल बैंक छाड्ने प्रकृया शुरू

काठमाडौं । नबिल बैंक लिमिटेडले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी इन्टरनेशनल फाइनान्स इन्भेष्टमेण्ट एण्ड कमर्स बैंक लिमिटेड (आईएफआईसी) बंगलादेशको नाममा रहेको शेयर विक्री गर्न लागेको हो ।

आइएफआईसी बंगलादेशको सरकारी बैंक हो । यसले नेपाल बंगलादेश बैंकमा लगानी गरेको थियो । नेपाल बंगलादेश बैंक गत असारमा नविलमा बिलय भएकाे हाे ।

यसमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति शेयर खरीद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक शेयरधनीबाट निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य लगानीकर्तालाई शेयर विक्री गर्ने जनाएको छ ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार १३:११ 1 December, 2022 1:11 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।