सुपरमाई हाइड्रोपावरकाे आइपिओ मंसिर २१ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुपरमाई हाइड्रोपावरकाे आइपिओ मंसिर २१ देखि



सुपरमाई हाइड्रोपावर लिमिटेडले यही मंसिर २१ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। कम्पनीले जारी पुँजी ५० करोडको १० प्रतिशतले हुने ५ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता आइपीओ जारी गरिनेछ। 
त्यसैगरी सर्वसाधारणमा निष्कासन हुने जारी पुँजीको १० प्रतिशतले हुन आउने ५ लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन पाउनेछन्। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। 

स्थानीयका लागि जारी आइपीओ छिटोमा पुस ६ गतेसम्म आवेदन दिनुपर्नेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री खुला अवधि पुस २१ गतेसम्म लम्ब्याइने कम्पनीले जनाएको छ। 

यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस ६ गतेसम्म आइपीओ भरिसक्नुपर्नेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्। 

स्थानीयले भने इलामको प्रकाशपथस्थित गुडविल फाइनान्स, इलामको चोकबजारस्थित माछापुच्छ्रे बैंक, इलामको भानुपथस्थित सानिमा बैंक, इलामको सितलीस्थित सानिमा बैंक र इलामको बरबोटस्थित सुपरमाई हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्। 

प्रकाशित : 30 November, 2022 8:34 am