ओलीलाई बालेनकाे प्रश्न-दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नुभएन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ओलीलाई बालेनकाे प्रश्न-दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नुभएन ?



काठमाडाै । महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्षलाई प्रतिप्रश्न गरेका छन् । मङ्गलवार एक कार्यक्रममा केपी शर्मा ओलीले बाग्मती किनारका सुकुम्वासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति टिप्पणी गरेका थिए। त्यही टिप्पणीबारे शाहले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न गरेका हुन । 

मेयर शाहले फेसबुकमा लेखेका छन् , अधिकार सम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ । तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडाैको सुकुम्वासी समस्या समाधान गर्न सक्नुभएन । दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैंकमात्रै रहे । बरु तिनलाई गुठी आन्दोलनजस्ता आफ्नो स्वार्थ विपरीतका कुरामा प्रयोग गर्नुभयो । 

मेयर शाहले जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए आफ्नाे नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो ? हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो ? भनेर ओलीलाई प्रश्न पनि गरे । अब परिस्थिति फेरिएको बताउँदै उनले ओलीलाई सकेको सहयोग गर्न तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएकाछन् ।

प्रकाशित : 29 November, 2022 8:01 pm