विदेशमा रहेका नेपालीलाई सीआरएन नम्बर लिन आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विदेशमा रहेका नेपालीलाई सीआरएन नम्बर लिन आग्रह



काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले बैदेशिक रोजगारीमा रहेका रहेका नेपालीहरुलाई सि–आस्बा रजिष्ट्रेशन नम्बर (सिआरएन) लिन आग्रह गरेको छ ।

सिडिएससीका अनुसार अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्स खाता खोली सीआरएन नम्बर लिन सक्ने भएका छन् ।

यसका लागि सम्पूर्ण सि-आश्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थालाई सि-आश्वा प्रणालीमा आफ्ना ग्राहकको विप्रेषण (रेमिट्यान्स)बचत खाता तथा सो को लागि प्रदान गरिने सिआरएन नम्बर प्रविष्टि गर्ने व्यवस्था गरि सकेको सिडिएससीले जनाएको छ ।

सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याईएको सेयरको खरिद आवेदनका दिनका लागि विप्रेषण (रेमिट्यान्स) बचत खाता उल्लेख गरि दर्ता गरिएको सिआरएन नम्बर अनिवार्य रहेकाले यथाशीघ्र आफ्नो खाता रहेको बैंकमा सम्पर्क राखी सिआरएन नम्बर लिन सिडिएससीले आग्रह गरेको छ ।

सिआरएन नम्बर प्राप्त गरिसकेको योग्य आवेदकले आरक्षित सेयर निष्कासनका क्रममा मेरो सेयर मार्फत नै खरिद आवेदन दिन सकिने भएको छ ।

प्रकाशित : 27 November, 2022 6:04 pm