दुई दिनमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दुई दिनमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब घट्यो



काठमाडौं । दुई दिनमा वाणिज्य बैंकहरुमा निक्षेप घटेको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिक महिनाको ३० गतेदेखि मंसिर दुई गतेसम्म बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप घटेको हो ।

बैंकर्स संघका अनुसार कात्तिक महिनाको ३० गतेसम्म बैंकहरुमा ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप मंसिर २ गतेसम्म आइपुग्दा ५ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ५८ अर्ब रुपैयाँमा सिमित भएको छ ।

त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । कात्तिक मसान्तसम्म बैंकहरुले ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । मंसिर २ गतेसम्म आइपुग्दा उक्त कर्जा प्रवाह ३ अर्ब रुपैयाँले घटेर ४२ खर्ब १९ अर्ब रुपैयाँमा सिमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार ११:०३