सिभिल बैंकको शेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिभिल बैंकको शेयर कारोबार फुकुवा



काठमाडाैं । हिमालयन बैंकसँग गाभिने क्रममा रहेको सिभिल बैंकको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज मङ्सिर ६ गतेको निर्णय अनुसार सिभिल बैंकको शेयर कारोबार फुकुवा भएको हो । यस सँगै अब बुधबारबाट बैंकको शेयर कारोबार गर्न सकिने भएको छ ।

नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ‘ बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।

मर्जर प्रक्रियामा रहेका मेगा बैंक र इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार पनि आज बाट नै फुकुवा भएको छ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार १८:१४