लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?



काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीहरुलाइ लाभांश प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोनस र नगद गरी शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने ९ करोड ८५ लाख २८ हजार ७७५ रुपैयाँ बराबरको बोनस र ९ प्रतिशतका दरले हन आउने २९ करोड ५५ लाख ८६ हजार ३२५ रुपैयाँ बराबरको करसहतिको नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयधनीहरुले पाउनेछन् ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार १३:०५