काठमाडौं ४ मा गगन थापा भारी मतका साथ विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

काठमाडौं ४ मा गगन थापा भारी मतका साथ विजयी



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर –४ बाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका गगन थापा विजयी भएका छन् ।
गत आइतवार प्रतिनिधि र प्रदेश सभाका लागि देशैभर मतदान भएको थियो ।

मंगलबार बिहान सकिएको मतगणनमा एमालेका उम्मेवारलाई हराएर थापा विजयी भएका हुन् ।

थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा एमालेका राजन भट्टराईलाई १३ हजार ८५५ मत आएको थियो ।

२०७४ सालको निर्वाचनमा पनि थापा र भट्टराई प्रतिस्पर्धामा थिए । काठमाडौं –४ निकै चर्चामा समेत रहेको थियो ।

यो क्षेत्रबाट जितसँगै गगनले ह्याट्रिक गरेका छन् । यसअघि उनी सोही क्षेत्रबाट दुई पटक विजयी भएका थिए ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलवार १२:२४