मनाङ(क)मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित, (ख)मा दीपक मनाङे निर्विरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

मनाङ(क)मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित, (ख)मा दीपक मनाङे निर्विरोध



काठमाडौं । मनाङको प्रदेश सभा (क)मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् ।उनले ३ सय ३० मतान्तरले एमालेका राजनबहादुर गुरुङलाई पराजित गरेका हुन् ।

बिजयी गुरुङले १ हजार २ सय ५५ मत पाएका छन् भने पराजित गुरुङले ९ सय २५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा (ख) मा यसअघि नै राजीव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध भइसकेका छन् । मनाङमा प्रतिनिधि सभा सदस्यतर्फ कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित : ५ मंसिर २०७९, सोमबार २१:०४