देशभर ६१ प्रतिशत मतदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

देशभर ६१ प्रतिशत मतदान



काठमाडाैं । निर्वाचन आयोगले देशभर ६१ प्रतिशत मतदान भएको जनाएको छ । यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताएका हुन् ।

आयोगले अपेक्षा भन्दा कम मतदान भएको थपलियाले बताए । आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ । यस्तै आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ । सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको उनले बताए ।

सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका हुन् । निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार २०:११