मतदानमा उद्योगी व्यवसायी र बैंकर्सको सक्रिय सहभागिता, भन्छन्- यसपालिको भोटले देशमा आर्थिक क्रान्ति ल्याउला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

मतदानमा उद्योगी व्यवसायी र बैंकर्सको सक्रिय सहभागिता, भन्छन्- यसपालिको भोटले देशमा आर्थिक क्रान्ति ल्याउला



काठमाडाैं । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उद्योगी व्यवसायी र बैंकर्सहरु पनि निर्वाचनमा सहभागी भएका छन् । हरेक पाँच पाँच वर्षमा हुने निर्वाचनले मुलुकलाई कुन बाटोमा हिडाउने भन्ने तय गर्ने भएकाले आफ्ना कर्मचारी तथा मजदूरहरुलाई निर्वाचनमा सहभागी हुन निजी क्षेत्रले अनुरोध नै गरेका थिए ।

शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माद्यामि विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
उनले देशमा समृद्धि ल्याउनसक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताए ।

चन्द्र प्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पनि काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । उनले पनि मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै देशको आर्थिक विकासको एजेन्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताए ।

पशुपति मुरारका
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले भनेका छन्, ‘भोट हालियो, आशा गरौँ कि यसपालिको भोटले देशमा आर्थिक क्रान्ति ल्याउला ।’

विनोद चौधरी

डलर अर्बपति विनोद चौधरीले मतदान गरेका छन् । उनि नवलपुर (बर्दघाट–सुस्ता) पूर्वका मतदाता हुन । उनी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन ।

उमेश श्रेष्ठ
नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका व्यवसायी उमेश श्रेष्ठले पनि चितवन क्षेत्र नम्बर २ को मतदान केन्द्रमा मतदान गरेका छन् ।

अनिल केशरी शाह

बैंकर तथा नबिल बैंकका पूर्व सीईओ अनिल केशरी शाहले काठमाडौंबाट मतदान गरेका छन् । शाहले काठमाडौं महानगरपालिका वडा नं १ मा रहेको हिटी दरबार क्षेत्रबाट मतदान गरेका हुन् ।

गणेशराज पोखरेल

सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेल ललितपुरको भैँसेपाटीमा रहेको जनोदय विद्यालयबाट मतदान गरेका छन् ।

पृथ्वीबहादुर पाण्डे

नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ पृथ्वीबहादुर पाण्डेले पनि काठमाडौंबाट मतदान गरेका छन् ।

किरण कुमार श्रेष्ठ

राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठले ललितपुरको धोबीघाटबाट आफूले निर्वाचनमा मतदान गरेका छन् ।

सरोजकाजी तुलाधर

नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले काठमाडौंको ८ नम्बर निर्वाचन क्षेत्रको अरुणदोय माबीबाट मतदान गरे ।

विष्णु अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले पनि काठमाडौंको कुलेश्वस्थित जनमैत्री स्कुलबाट मतदान गरेका छन् ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार १९:५१