सानिमा बैंकले लाभांश पारित गर्न पुस ३ गते डाक्यो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा बैंकले लाभांश पारित गर्न पुस ३ गते डाक्यो साधारण सभा



काठमाडौं। सानिमा बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १७.९८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको हो।

संचालक समितिको उक्त प्रस्ताव पुस ३ गते हुने १८ ‍‍‍‌औं वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ। सभा आम्रपाली बैंक्वेट बालुवाटारमा बिहान ११ बजेबाट संचालन हुने बैंकले जनाएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १९ गते बुक क्लोज मिति तोकेको छ। तसर्थ, मंसिर १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार १६:०७