राति ८ बजेदेखि मतगणना शुरु हुने, ७० प्रतिशत बढी मत खस्छः प्रमुख निर्वाचन आयुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

राति ८ बजेदेखि मतगणना शुरु हुने, ७० प्रतिशत बढी मत खस्छः प्रमुख निर्वाचन आयुक्त



काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राति ८ बजेतिर मतगणना शुरु हुने बताएका हुन् । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रहसमेत गरेका छन् ।

थपलियाले यस पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए । उनले मतदान गर्न एक जनालाई करिब २ मिनेट समय लाग्नेसमेत बताएका छन् ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार ०८:३९