बीमा समितिको अध्यक्षमा चिरञ्जीबी चापागाईँ नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

बीमा समितिको अध्यक्षमा चिरञ्जीबी चापागाईँ नियुक्त



काठमाडौं १८ पुस। बीमा समितिको अध्यक्षमा चिरञ्जीबी चापागाईँ नियुक्त भएका छन् । सरकारले रिक्त रहेको सिमितिको अध्यक्ष पदमा उनलाई नियुक्त गरेको हो ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गरेका थिए । जसमा चापागाईँ सहित डा. रविन्द्र घिमिर र रमेशकुमार भट्टराईको नाम सिफारिस भएको थियो ।
 

हामी माफि माग्छाै

यस अघि अर्थात गत बिहिबार हामीले समाचार स्रोतलाइ अाधार मानेर डा. रविन्द्र घिमिरेलाई बीमा समितिको अध्यक्ष नियुक्ति गरेको भन्ने समाचार प्रकाशित गरेको थियाै ।तर,  घिमिरेलाई नै अध्यक्ष बनाउने निर्णय भै सकेको र हस्ताक्षर मात्रै हुन बाँकी रहेको भन्ने प्राप्त सुचनाको अाधारमा हामीले समाचार निर्माण गरेका थियाै । तर, पछिल्लो समय  प्रधानमन्त्री र अर्थमन्त्रीबीच विवाद  चरम विवाद हुँदा घिमिरेको नियुक्तीको निर्णय प्रधानमन्त्रीले उल्ट्याएर चापागाईँलाई अध्यक्ष बनाएको बताइएको छ ।

यस्तो थियो समाचार

बीमा समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे

प्रकाशित : 2 January, 2017 2:54 pm