जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे ३५ अर्ब ७७ करोड बीमा शुल्क « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे ३५ अर्ब ७७ करोड बीमा शुल्क



काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमाससम्ममा ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासम्मको तुलनामा १९ वटा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क ६.२९ प्रतिशतले घटेको हो ।

बीमा प्राधिकरणका अनुसार गत आवको सोही अवधिमा कम्पनीले बीमा शुल्क ३८ अर्ब १८ करोड ६ लाख रुपैयाँ संकलन गरेका थिए । जीवन बीमा कम्पनीहरुले ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ प्रथम बीमाशुल्क र कुल २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ नवीकरण शुल्क आर्जन गर्न सफल भएको छन् ।

यस अवधिमा सर्वाधिक बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्यारेन्स रहेको छ । यस कम्पनीले १० अर्ब ४ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपाल रहेको छ । जसले यसअवधिमा ४ अर्ब ५१ करोड ७४लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा संस्थानले चालु आवको पहिलो त्रैमाससम्ममा एब अर्ब ११ करोड ६७ लाख, नेशनल लाइफ इन्स्यारेन्सले ४ अर्ब ३८ करोड ४ लाख, मेट लाइफ इन्स्यारेन्सले एक अर्ब ३१ करोड १ लाख, एशियन लाइफ इन्स्यारेन्सले एक अर्ब ७४ करोड ३४ लाख, गुँरास लाइफ इन्स्यारेन्सले ७५ करोड ७ लाख, सूर्या लाइफ इन्स्यारेन्सले एब अर्ब ३२ करोड ४४लाख, बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी, तीन महिनाको अवधिमा प्राइम लाइफ इन्स्यारेन्सले एक अर्ब १६ करोड १४ लाख, आईएमई लाइफ इन्स्यारेन्सले ८७ करोड १४ लाख, युनियन लाइफ इन्स्यारेन्सले एक अर्ब ९१ करोड ४२ लाख, ज्योति लाइफ इन्स्यारेन्सले ९५ करोड १८ लाख, सन नेपाल लाइफ इन्स्यारेन्सले एक अर्ब ८१ लाख र रिलायन्स लाइफ इन्स्यारेन्सले ७८ करोड ८० लाख रुपै बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

बीमा प्राधिकरणका अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा रिलायबल लाइफ इन्स्यारेन्सले ८९ करोड ३१ लाख, सिटिजन लाइफ इन्स्यारेन्सले एक अर्ब ४७ करोड ११ लाख, सानिमा लाइफ इन्स्यारेन्सले ५८ करोड २५ लाख, प्रभु लाइफ इन्स्यारेन्सले ५३ करोड ७२ लाख र महालक्ष्मी लाइफ इन्स्यारेन्सले ४० करोड ५२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार ०८:५७