मंसिरमा बैंकहरुले ब्याजदर स्थिर राख्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मंसिरमा बैंकहरुले ब्याजदर स्थिर राख्ने



काठमाडौ । बाणिज्य बैंकहरुले आगामी मंसिर महिनाका लागि ब्याजदर नबढाउने भएको छ । नेपाल बैंकर्स एशोसियसन (एनबिए) को आज मंगलबार बिहान बसेको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको हो।

बैंकहरुले कात्तिक महिनाकै ब्याजलाई निरन्तरता दिंदै मङ्सिर महिनामा ब्याज नबढाउने निर्णय गरेको नेपाल बैंकर्स एशोसियसन (एनबिए) का वरिष्ठ उपाध्यक्ष तथा एनएमबि बैंकका सुनिल केसीले जानकारी दिए ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज दिइरहेका छन् भने रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। साधारण बचत खातामा १०.३३३ प्रतिशत ब्याज तोकिएको छ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलवार १३:४१