ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको साधारण सभा मंसिर २३ गते,यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको साधारण सभा मंसिर २३ गते,यस्ता छन् एजेण्डा



काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूले मंसिर २३ गते साधारण सभा गर्ने भएका छन् । जसमा ग्लोबल आइएमईको सभा सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारामा बिहान १० बजे हुनेछ भने बैंक अफ काठमान्डूको त्रिभुवन आर्मि अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हूनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, ग्लोबल आइएमई बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, दुबै बैंकको सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी अन्य आवश्यक कार्य पुरा गरी अन्तिम स्वीकृती प्रदान गर्ने, १ बराबर १ को शेयर स्वाप रेशियोमा स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

हाल ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको सेयर कारोबार रोक्का भएको छ । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोबार रोक्का भएको हो । हाल ग्लोबल आइएमईको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलवार १०:०७