अब एनएमबि बैंकले आइपीओ भर्दा लाग्ने शुल्क नलिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब एनएमबि बैंकले आइपीओ भर्दा लाग्ने शुल्क नलिने



काठमाडौं । एनएमबि बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरुले धितोपत्र आबेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन् । अबदेखि सम्पूर्ण ग्राहकहरुले एनएमबि बैंकबाट निःशुल्क रुपमा आइपीओ भर्न सक्ने बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक शेयरमा आवेदन गर्दा शेयर परे पनि नपरेपनि सर्वसाधारणबाट प्रति आवेदन १० देखि २० रुपैयाँसम्म शुल्क लिंदै आएका छन् । तर पछिल्लो समयमा थोरै संख्यामा शेयर जारी हुने र ठूलो संख्यामा आवेदन पर्ने भएको हुँदा आवेदन नपर्ने ग्राहकले समेत अनावश्यक रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रत्येक पटक सेवा शुल्क भुक्तानी गरिरहनु परेको भन्दै सर्वसाधारण लगानीकर्ताहरुले संगठितरुपमै निःशुल्क सेवा प्रदान गर्नको लागी नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेका थिए । सोही अनुरुप कुनै बैंकले ५ रुपैयाँ शुल्क लिँदै आएका छन् भने कुनै बैंकहरुले निःशुल्क सेवा दिने जनाएका छन् ।

अब एनएमबि बैंकले आइपीओ भर्दा लाग्ने कुनै पनि शुल्क नलिने बताएको छ ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार १९:५६