१३ अर्ब ८५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१३ अर्ब ८५ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब ८५ करोड रुपैयाँ बढीको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिल कात्तिक २९ गते जारी गर्ने भएको हो।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि २ अर्ब रुपैयाँ र १८२ दिनका लागि ९ अर्ब ८५ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः मंसिर २७, फागुन २ गते र २०८० जेठ २ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलको सोमबार दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

प्रकाशित : २७ कार्तिक २०७९, आईतवार १७:३५