टाटा मोटर्सका विद्युतीय कार किन्न नविल बैंकले ८० प्रतिशत सम्म ऋण दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

टाटा मोटर्सका विद्युतीय कार किन्न नविल बैंकले ८० प्रतिशत सम्म ऋण दिने



काठमाडौं । टाटा मोटर्सका विभिन्न विद्युतीय कार किन्नका लागि नविल बैंकले ८० प्रतिशत सम्म ऋण दिने भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ र नविल बैंक बीच हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार टाटाको नेक्सन र टिगोर विद्युतीय गाडी खरिद गर्दा ग्राहकले नबिल बैंकबाट ८० प्रतिशतसम्मको ऋण प्राप्त गर्न सक्ने बताइएको छ।

टाटा मोटर्सबाट विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट १२.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म सहज र सुलभ कर्जाको सुविधा पाउनेछन्।

बैंकले २४ घण्टाभित्र ऋण उपलब्ध गराउने समेत बताएको छ। नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन बमोजिम उक्त ऋण प्रवाह गरिनेछ।

नेपालमा विद्युतीय सवारीको प्रयोगलाई बढाउनका लागि उक्त सम्झौता गरेको बैंकले बताएको छ।

प्रकाशित : २७ कार्तिक २०७९, आईतवार १६:३१