हामीले जाममा बस्न भाडा तिरिरहेका छौं -मेयर बालेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हामीले जाममा बस्न भाडा तिरिरहेका छौं -मेयर बालेन



काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दूर्घटना न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दूर्घटना न्यूनिकरणका लागि सोसम्बन्धि विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दूर्घटना न्यूनिकरण हुँदै जाने बताएका हुन् ।

सेयर सबै सार्वजनिक सवारी साधनहरुको बराबर हुने गरी सो विधेयक पास भएकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिस्पर्धा भई दूर्घटना हुने काममा कमी आउने उनको भनाई थियो ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर बालेनले भने ‘सार्वजनिक यातायातहरुले ठाउँमा समयमै नपु-याएका कारण पनि मोटरसाईकलहरुको संख्या काठमाडौंमा बढ्न गएको हो । रिङ रोडमा मात्रै हिसाव गर्दाखेरी अहिलेको जस्तो बसको साईज २ सय जति भए पुग्नेमा २ हजार भन्दा पनि बसहरु गुडेका हुन्छन् । हामीले एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि होइन कि जाममा बस्नका लागि पैसा तिरिरहेका हुन्छौं । हालै हाम्रो संसदबाट काठमाडौं उपत्यका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ । जस अन्तर्गत चाँही सबैखाले भेहिकल्सहरु एउटै छातामा आएर काम गर्ने जसले गर्दाखेरी कम्पिटीशन रहँदैन ।

सबैले बराबर सेयर पाउने भएपछि कम्पिटीशन हटछ । रिङ रोडमा २ सय वटा गाडी भए पुग्ने रहेछ । तर हामीले रुट परमिट जतिलाई पनि दिईरहेका छौं । अल बिल पास भएको छ । हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौं । एक्सिडेन्ट हुने वित्तिकै उपचारका लागि पनि आवश्यक व्यवस्था भईरहेको छ । ती सबै काममा हामीहरु लागि पर्छौं ।’
मेयर शाहले काठमाडौं उपत्यकाभित्र हुने सवारी दूर्घटनामा परी घाईते भएकाहरुको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भईरहेको बताए ।

प्रकाशित : 13 November, 2022 4:11 pm