ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू समान हैसियतमा गाभिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू समान हैसियतमा गाभिने



काठमाडाै । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन्। मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो।

अब बैंक अफ काठमाण्डुमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने कम्पनी सचिव दीपक गौतमले जानकारी दिए। सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाईसमेत जानकारी गराएको छ।

दुबै बैंकले गत असार २ गते मर्जरमा जानका लागि सम्झौता गरेका थिए। मर्जरपछि कम्पनीको कुल चुक्तापुँजी रु ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार ६०० पुग्नेछ।

प्रकाशित : २७ कार्तिक २०७९, आईतवार १३:५८