गठबन्धनलाई मतदान गर्न नेपाली डायस्पोरा नेदरल्याण्डको अनुरोध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

गठबन्धनलाई मतदान गर्न नेपाली डायस्पोरा नेदरल्याण्डको अनुरोध



काठमाडौं । नेपाली डायस्पोरा नेदरल्याण्डले सुशासन, संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकासका लागि सत्ता गठबन्धनको जित अनिवार्य रहेको बताएको छ ।

नेपाली जनसम्पर्क समिति नेदरल्याण्डका सभापति शालिक गौतम, नेपाली जनप्रगतिशिल मञ्च नेदरल्याण्डका अध्यक्ष संघर्षशिल केसी र प्रवासी नेपाली एकता मञ्च नेदरल्याण्डका सदस्य धनकुमार बोहराले संयुक्त विज्ञप्ति निकाल्दै सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्नसमेत अनुरोध गरेको हो ।

विज्ञप्तिमा सात दशक लामो संघर्षबाट नेपाली जनतामा प्राप्त उपलब्धिलाई केपी ओली सरकारले तेजोबध गर्ने गरी चालेको प्रतिगामी कलदमको भत्र्सनासमेत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानमा व्यवस्था गरिएको सासकीय स्वरुपअन्तर्गत एकल सरकार बन्न सक्ने सम्भावना कम भएका छ । त्यसैले चुनाव आगाडी वा पछाडी गठबन्धनको अपरिहार्यता छ । तर, सत्ता प्राप्ति र सञ्चालन भन्दा पनि संविधान र लोकतन्त्रको संरक्षण गर्नु सत्तारुढ गठबन्धनको लक्ष्य रहेको छ । तसर्थ गठबन्धनका बारेमा भएका नकरात्मक टिकाटिप्पणी तथा अतिरञ्जित भ्रममा नगर्न अपिल गर्नछौं ।’

एमाले र केपी ओलीतर्फ इङ्गित गर्दै विगतका केही वर्ष अनुत्पादक रस्साकस्सीमा खेर गएको विज्ञप्तिमा जनाइएको छ । ‘समुन्नत तथा समुन्नत नेपाल बनाउने विषयमा अगाडी बढ्नुपर्ने थियो । तर, प्रस्ट बहुमत पाएको पूर्व सरकार भ्रष्टाचार र काण्डैकाण्डमा लिप्त भयो । लोकतन्त्रको मूल्य मान्यतालाई भत्काएर स्वेच्छाचारिता र निरङकुशताको दिवा सपता देख्ने दुष्प्रयास भयो । त्यसकारण सत्ता गठबन्धनको जित अपरिहार्य छ ।’

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार १८:४९