काठमाडौं । नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ। सन् २०१० नोभेम्बर ११ मा आफ्नो प्रकारको पहिलो कम्पनी बनेर इतिहास रचेको फूडमान्डू आजको दिनमा नेपालको प्रमुख अनलाइन फूड डेलिभरी सेवा प्रदायकको रूपमा स्थापित भएको छ।
कम्पनी अहिले आफ्नो विभिन्न भर्टिकल्स सहितका नेपालका प्रमुख सहरहरूमा विस्तारको चरणमा रहेको छ। “हामीले हाम्रो बाह्रौँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण ग्राहक, साझेदार रेष्टुरेन्ट र अन्य सबै सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं,” फूडमान्डूका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने।
‘प्रत्येक वर्ष बित्दै गर्दा, हामी हाम्रा ग्राहकहरूको सुविधा र खुसीका लागि अझ बढी परिष्कृत र विकसित हुँदै गएका छौं। र त्यो सवालमा पछिल्लो बाह्र वर्ष साँच्चै अविस्मरणीय रह्यो। अब भविष्यमा के हुन्छ भन्ने कुराले हामीलाई थप उत्साहित बनाएको छ,” उनले थपे।
फूडमान्डूले उक्त अवसरमा विभिन्न अफर र गतिविधिहरू सन्चालन गर्ने योजना बनाएको छ। फूडमान्डूका ब्रान्ड र मार्केटिङ प्रमुख श्याम रत्न माली भन्छन्, “यो वर्ष हामीले उत्सव मनाउँदै गर्दा हामीलाई यहाँ सम्म आउन मद्दत गर्ने ग्राहकहरूलाई केन्द्रमा राखेर योजना बनाएका छौं।”
यसै क्रममा फूडमान्डूले एक दिनको लागि विशेष वार्षिकोत्सव छुटको रूपमा १२ प्रतिशत छुटको कुपन कोड सार्वजनिक गरेको छ। ‘हाम्रो १२औं वार्षिकोत्सव अवसरमा हामीले १२ दिनका लागि विभिन्न अफरहरु ल्याएका छौं। जस्तो कि अफर अवधिमा सहरका स्थापित रेस्टुरेन्टहरूबाट विभिन्न परिकारहरू मात्र रू. १२ मा उपलब्ध गराएका छौं। साथै हामीले रु. १२०० को कम्बो प्याक ल्याएका छौं जसमा ग्राहकहरूले कम्तीमा ४०५ बचत गर्न सक्ने छन्,’ उनी थप्छन्।
साथै ग्राहकले कारोबारको क्रममा डिजिटल भुक्तानी गरी १२ प्रतिशत (बढीमा १२० सम्म) थप छुट पाउन सक्ने छन्। डिजिटल भुक्तानीका लागि आईएमई पे, खल्ती, कनेक्ट आईपिएस, र फोनपे जस्ता सबै प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक प्रयोग गर्न सकिन्छ।
वार्षिकोत्सवका अफरहरू नोभेम्बर ११, २०२२ मा सुरु भएर नोभेम्बर २२, २०२२ अर्थात् १२ दिनसम्म जारी रहनेछ।
Comment