सुनको मुल्य ताेलामा १ हजार ३०० रुपैयाँले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य ताेलामा १ हजार ३०० रुपैयाँले बढ्याे



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मुल्य एकैदिन १ हजार ३०० रुपैयाँले उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सुनको मुल्य स्थिर रहदै छापावाल सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार १२:१५