चार लघुवित्तको कस्तो छ वित्तिय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चार लघुवित्तको कस्तो छ वित्तिय अवस्था ?



काठमाडौं । शुक्रबार ४ लघुवित्तले वित्तिय विवरण सार्वजनिक गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेका हुन् । वित्तिय विवरण सार्वजनिक गर्नेमा जिवन विकास लघुवित्त, मिथिला लघुवित्त वित्तिय संस्था, आरएमडीसी लघुवित्त वित्तिय संस्था र सपोर्ट लघुवित्त रहेका छन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्था

जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १४ करोड ७६ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको यसैअवधिको तुलनामा १६.४० प्रतिशतले कम हो । गत वर्ष यही अवधिमा कम्पनीले १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्म संस्थाले ९ अर्ब ७६ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । असोज ससान्तसम्म सञ्चालन नाफा २०.९४ प्रतिशतले घटेर १२ करोड ५१ लाख ६९ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा १५ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, खुद ब्याज आम्दानी भने ५.९४ प्रतिशतले बढेर ४० करोड ६२ लाख रुपैयाँमा पुगेको छ । जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ छ भने, जगेडा कोषमा १ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५९ रुपैयाँ १ पैसाले घटेर ५७ रुपैयाँ १० पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २८३ रुपैयाँ ९२ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर १.१२ प्रतिशत पुगेको छ।

मिथिला लघुवित्त वित्तीय संस्था

मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४२ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ७८.५९ प्रतिशतले कमी हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज ससान्तसम्म सञ्चालन नाफा घटेर ५३ लाख ९५ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा २ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, खुद ब्याज आम्दानी पनि ३०.६४ प्रतिशतले घटेर २ करोड ३१ लाख रुपैयाँमा सीमित बनेको छ ।असोजसम्म कम्पनीले २ अर्ब २४ करोड ६८ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ भने ७४ करोड ६ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । यस अवधिसम्ममा लघुवित्तको चुक्ता पुँजी १७ करोड ४ लाख ३७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ४१ पैसाले घटेर १० रुपैयाँमा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ३७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर ४.९७ प्रतिशत पुगेको छ ।

आरएमडीसी लघुवित्त वित्तिय संस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आरएमडीसी लघुवित्तले १० करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तको उक्त नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५४.१६ प्रतिशले बढोत्तरी भएको हो । गत आर्थिक वर्षमा लघुवित्तले ७ करोड ६ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.६६ प्रतिशतले बढेर १७ करोड ७५ लाख ५० हजार रुपैंया पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ५४.१६ प्रतिशतले बढेर १५ करोड ५५ लाख १८ हजार रुपैंया रहेको छ । समीक्षा अवधिसम्ममा लघुवित्तको जगेडा कोषमा दुई अर्ब १७ करोड रुपैयाँ सञ्चित रहेको छ ।

चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको लघुवित्तको वितरण योग्य मुनाफा ५ करोड ३२ लाख रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तयि विवरण अनुसार लघुवित्तको वार्षिक प्रति शेयर आम्दानी ३५ रुपैयाँ ९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २७५ रुपैयाँ ३० पैसा कायम भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २३.७७ गुणा बढी छ ।

सपोर्ट लघुवित्त विीत्तय संस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ६७.६८ प्रतिशतले घटेर ४ लाख ४५ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १३ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा संस्थाको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी २१.०७ प्रतिशतले घटेर १ करोड ३५ लाख ७१ हजार रुपैयाँमा आएको छ । त्यस्तै, कम्पनीको सञ्चालन नाफा पनि ६७.६९ प्रतिशतले घटेर ७ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ २७ पैसाले घटेर २ रुपैयाँ ०८ पैसामा आइको छ । प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ २४ पैसा छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार ११:५८