चन्द्रागिरी हिल्सको वित्तिय अवस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रागिरी हिल्सको वित्तिय अवस्था कस्तो ?



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले १ करोड ३१ लाख ७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा यसले २ करोड ३७ लाख ३१ हजार रुपैयाँ घाटा रहेको थियो ।

असोज मसान्त सम्म यसको सञ्चालन आम्दानी १८ करोड ६४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त आम्दानी ११ करोड १ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । जगेडा कोष भने अझै पनि ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । यसको प्रतिसेयर आम्दानी ८५ पैसा छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार ११:१२