शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकमपनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकमपनि घट्यो



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहीबार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से २३.५२ अंकले घटेर एक हजार ८ सय ९३ दशमलब ७१ विन्दुमा झरेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स ४.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ।

त्यस्तै, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा एक अर्ब ४० करोड ७३ लाख रुपैंया बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २२६ कम्पनीमध्ये १३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा मन्दाकीनी हाइड्रोपावर लिमिटेडको शेयरमुल्य ३.९२ प्रतिशतले बढेर प्रतिकित्ता ३३१.५० रुपैंया रहेका छन् ।

नेप्सेका अनुसार आज अप्पर हेवाखोला हाईड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको भएको छ । यसको आज १० करोड २२ लाख ३५ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहीबार १५:२६