सेयर कारोबार रोक्का निर्देशिका लागु, रोक्का रहेका सेयर कारोबार आइतबारदेखि खुल्ला हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर कारोबार रोक्का निर्देशिका लागु, रोक्का रहेका सेयर कारोबार आइतबारदेखि खुल्ला हुने



काठमाडौं । मर्जरमा जाने कम्पनीहरुको सेयर कारोबार लामो समयसम्म रोक्का हुने व्यवस्था हटेको छ । साथै, आगामी आइतबारबाट मर्जर र प्राप्ति प्रयोजनका लागि हाल रोक्का रहेका सबै संगठित संस्थाहरुको सेयर कारोबार पनि फुकुवा हुने भएका छन।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कात्तिक २४ गते बिहीबारदेखि लागू हुने गरी जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’मा यस्तो व्यवस्था गरिएको छ।

यससँगै अब मर्जरमा जाने कम्पनीहरुको अधिकतम १५ दिन मात्र सेयर कारोबार रोक्का हुनेछ । यता, निर्देशिका लागू हुनुअघि गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा हुने व्यवस्था गरिएको छ ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहीबार १३:५१