सुनको मुल्य स्थिर, चाँदीको घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य स्थिर, चाँदीको घट्याे



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यता चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २४ कार्तिक २०७९, बिहीबार ११:२३