नेप्से परिसूचक ३९.१५ अंकले घट्याे, कारोबार रमकमा भने सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ३९.१५ अंकले घट्याे, कारोबार रमकमा भने सामान्य सुधार



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चाैथाे दिन बुधबार दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से ३९.१५ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २२ विन्दुमा बन्द भएको हो ।

आज सेन्सेटिभ इण्डेक्स ७.६८अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स २.७९ अंक घटेको छ।

त्यस्तै, यता आज कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । नेप्सेमा एक अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका २२३ कम्पनीमध्ये ४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमुल्य ७.४२ प्रतिशतले बढेर प्रतिकित्ता ३९१ रुपैंया पुगेको छ ।

नेप्सेका अनुसार आज एक्सेल डेभलपमेन्ट बैंक, गुरासँ लघुवित्त वित्तिय संस्था, उपकार लघुवित्त वित्तिय संस्था, प्रोगेशिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको भएको छ । यसको आज ६ करोड ७८ लाख २७ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार १५:२६