उपकार लघुवित्तको नाफा ३.८९ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उपकार लघुवित्तको नाफा ३.८९ प्रतिशतले बढ्यो



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा यसले ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३.८९ प्रतिशतले धेरै हो ।

गत वर्षको यही अवधिमा संस्थाले ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले ८६ करोड ७४ लाख रुपैयाँ सापट लिएर २ अर्ब १८ करोड ९९ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।

यस अवधिसम्म यसले १ अर्ब ५ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । असोज ससान्तसम्म सञ्चालन नाफा बढेर ५६ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा ३ करोड ४३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । त्यस्तै, खुद ब्याज आम्दानी पनि १५‍.४९ प्रतिशतले बढेर ३ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

हाल उपकारको चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ । जगेडा कोषमा १७ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

संस्थाको प्रतिसेयर नेटवर्थ ३५८ रुपैयाँ ७० पैसा छ । यसको निष्कृय कर्जा अनुपात घटेर २.७९ प्रतिशत पुगेकाे छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार १३:४४