एकैदिन ताेलामा १४ सय रुपैयाँ बढ्यो सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

एकैदिन ताेलामा १४ सय रुपैयाँ बढ्यो सुनको मूल्य



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य ९५ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मुल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुन प्रतितोल ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ कायम भएको हो।

मंगलबार छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार १२:१२