निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरे बीमाशुल्क १० अर्ब बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरे बीमाशुल्क १० अर्ब बढी



काठमाडौं। चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरूले १० अर्ब ८४ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार १९ वटा निर्जीवन बिमा कम्पनीहरुले उक्त बिमा शुल्क आर्जन गरेका हुन् ।

यो रकम आर्थिक वर्ष २०७७/७८ को तुलनामा ११.८५ प्रतिशतले बढी हो। सो अवधिमा कम्पनीहरुले ९ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

पहिलो त्रैमाससम्ममा निर्जीव बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन राष्ट्रिय बीमा कम्पनीले गरेको छ । कम्पनीले एक अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्र कम्पनीले ५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क कमाएको थियो ।

धेरे बीमा शुल्क आर्जन गर्ने दोस्रो स्थानमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले असोज महिनामामात्र ३४ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । सगरमाथा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा मात्र कम्पनीको बीमा शुल्क २६ करोड ४७ लाख रुपैयाँ संकलन भएको छ ।

नेको इन्स्योरेन्स कम्पनीले सोही अवधिमा ८२ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । असोज महिनामा कम्पनीको बीमा शुल्क २८ करोड ८६ लाख रुपैयाँ थियो ।

त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्षको त्रैमासमा ७६ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ ।असोज महिनामा कम्पनीको बीमा शुल्क २२ करोड रुपैयाँभन्दा बढी छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्ससले ७३ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । एनएलजी इन्स्योरेन्सले ६१ करोड ८ लाख रुपैयाँ बीमा शुल्कबाट संकलन गरेको छ । प्रिमियर इन्स्योरेन्सको प्रथम त्रैमासमा ५६ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क छ ।

यसैगरी लुम्बिनी इन्स्योरन्सको ५० करोड २४ लाख, अजोड इन्स्योरेन्सको ४६ करोड ८ लाख तथा आईएमईको ४४ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन देखिएको छ।

नेपाल इन्स्योरेन्सको ४२ करोड ७६ लाख, प्रभु इन्स्योरेन्स ४१ करोड २९ लाख रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्टलले ३९ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेका छन्।

यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ३५ करोड १८ लाख, नेशनल इन्स्योरेन्स ३२ करोड ८३ लाख, युनाइटेड ३२ करोड ३१ लाख र सानिमा जनरल इन्स्योरेन्सले २८करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिएको छ।

यसमध्ये सबैभन्दा कम बीमा शुल्क जनरल इन्स्योरेन्सको छ । कम्पनीले २५ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलवार १६:२५