नेप्से परिसूचक सामान्य अंकले गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक सामान्य अंकले गिरावट



काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार सामान्य अंकले गिरावट आएको छ । आज नेप्से २.५७ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ३७ विन्दुमा बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स १.१२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंक घटेको छ।

त्यस्तै, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा एक अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा २ अर्ब १० करोड ९१ लाख रुपैंया बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २२६ कम्पनीमध्ये ५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र गुँरास लघुवित्त वित्तीय संस्था रहेका छन् ।

नेप्सेका अनुसार आज कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको भएको छ । यसको आज ८ करोड ५७ लाख ३२ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलवार १५:५५