ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले लोकप्रिय अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११ः११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउने जनाएको छ ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३,००० रुपैयाँसम्म छुट पाउने भएका छन् ।

छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ । यो योजना नोभेम्बर ११ देखि सिमित अवधिको लागि रहने बैंकले जनाएको छ ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार १६:१९