वाणिज्य बैंकहरुमा निक्षेप २१ अर्ब थपियो,कर्जा लगानीको अवस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वाणिज्य बैंकहरुमा निक्षेप २१ अर्ब थपियो,कर्जा लगानीको अवस्था कस्तो ?



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप एक सातामै २१ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएन (एनबीए)को कात्तिक १२ गतेदेखि कात्तिक १८ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप २१ अर्ब रुपैयाँले बढेको हो।

योसँगै कात्तिक १८ गतेसम्म बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। गत कात्तिक ११ गतेसम्म बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो।

कात्तिक सुरुदेखि भने वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले घटेको देखिन्छ। असोज मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो।

एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १८ गतेसम्म घटेर ४२ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ।

कात्तिक सुरुदेखि भने वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेको छ। गत असोज मसान्तसम्म कुल कर्जा लगानी ४२ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो।

निक्षेप बढेसँगै वाणिज्य बैंकहरुको औसत सीडी रेसियो पनि घटेको छ। गत कात्तिक ११ गतेसम्म औसत सीडी रेसियो ८७.५८ प्रतिशत रहेकोमा घटेर ८७.२१ प्रतिशतमा झरेको छ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार १६:०५